२९ जुनमा रिलिज हुदैं "सञ्जु" - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

२९ जुनमा रिलिज हुदैं “सञ्जु”



भारतीय अभिनेता सञ्जय दत्तको जीवनमा आधारित चलचित्र ”सञ्जु” २९ जुनमा रिलिज हुदैं छ । चलचित्र रिलिज हुन अघि नै यसको बारेमा निकै चर्चाहरु भईरहेका छन् ।

चलचित्र मुख्यतः सञ्जय दत्तको जीवनमा घटेका कुराहरुको बारेमा निर्माण गरिएको छ । उनको जीवनमा घटेका लागु औषधको अभियोग, उनको प्रेम सम्बन्ध र उनलाई आतंककारीको आरोपमा जेल हालिएको कथामा यस चलचित्र निर्माण गरिएको चलचित्रका निर्माता राजकुमार हिरानीले बताएका छन् । हिरानीका अनुसार यो चलचित्र सञ्जय दत्तको जीवनी नभएर उनको बाबुसँगको उनको सम्बन्धको कथा हो ।

चलचित्रमा रनविर कपुरले सञ्जय दत्तको रोल गरेका छन् । त्यस्तै परेस रावल, मनिसा कोइराला, डिया मिर्जा लगायत अन्यले यस चलचित्रमा आफ्नो भुमिका निभाएका छन् । उक्त चलचित्रले हलिवुडमा एउटा नयाँ रेकर्ड राख्ने पक्का रहेको अनुमान धेरैले गरेका छन् ।