सन्जिब र टीकाको 'कर्के नजर' छोटो समयमा नै मिलियन भ्युज  - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

सन्जिब र टीकाको ‘कर्के नजर’ छोटो समयमा नै मिलियन भ्युज 



काठमाडौं । चर्चित गायक-गायिका सन्जिब पराजुली र टीका प्रसाईंको ‘कर्के नजर’ छोटो समयमा दश लाख बढीले हेरिसकेका छन् । गीतकार आनन्द अधिकारीको शब्द रचना र आशिश अविरलको संगीत र संगीत संयोजनले सजिएको यो गीत दिन दिनै लोकप्रिय बन्दै गैरहेको छ । यति छोटो समयमा गीतले पाएको ख्यातीबाट हामीलाई धेरै खुसी र हौसला मिलेको छ , गायकद्वयले खुसी ब्यक्त गरे ।

गायक पराजुलीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको यो म्युजिक भिडियोमा ‘भाइव एंड वेभ डान्स ग्रुपका राहुल शाहले निर्देशन गरेका हुन् । भिडियोमा अलिशा शर्मा, राहुल शाह र भाइव एंड वेभ डान्स समूहको
दमदार प्रस्तुति हेर्न सकिन्छ ।

‘नाइँ मलाई थाहा छैन’ बोलको गीतले पाएको ख्यातीबाट यस गीतका गायक-गायिकाको जोडी चर्चामा आएको थियो । यिनै जोडीको संयुक्त एल्बम ‘संग संगै’ मा समावेश यो गीत ‘कर्के नजर’ले पनि राम्रो सफलता पाउनेमा आफु बिस्वस्त रहेको कुरा यस गीतको बजार व्यवस्थापक तथा बाबा एजुकेशन कन्सल्टेन्सीका प्रिन्सिपल रबिन्द्र कुमार शर्माले भन्नुभयो ।

भिडियो हेर्नुहोस् :