सांगीतिक खडेरी लागेको बेला एउटै एल्बमलाइ १५ लाख - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

सांगीतिक खडेरी लागेको बेला एउटै एल्बमलाइ १५ लाख



असोज -१० -काठमाण्डौ  सर्वप्रीय गायक राजेश पायल राइको दर्शन नमस्ते -३ सार्बजनिक हुँदा नेपाली सांगीतिक क्षेत्र मा नयाँ पन देखियो, बिन्दबासिनी म्यूजिकले बजारमा ल्याएको दर्शन नमस्ते-३ होटल इन्देणीमा एक भब्य समारोह गरि सार्बजनिक गरियो।

कार्यक्रम मा विभिन्न बिधाका कलाकारहरुको बाक्लो उपस्थिती देखिन्थ्यो। एल्बम सार्बजनिक भने राजेश पायल राई को माता-पिता बाट गराइएको थियो बिन्दबासिनी म्यूजिकले बजारमा ल्याएको उक्त एल्बम को मूल्य भने १५ लाख राखिएको छ, कार्यक्रममा विन्धवासिनीले गायक राइलाई १५ लाखको चेक हस्तान्तरण गरि एल्बम को सर्बाधिकार सहित खरिद गरेको छ ।

नेपाली सांगीतिक क्षेत्रको बजार खस्किरहेको समयमा राइलाई विन्धवासिनीले मोटो रकम दिएर नयाँ अध्यायको सुरुवात गरेको छ ।

बिन्दबासिनी म्यूजिक का सुबास रेग्मीले कार्यक्रम मा भाबुक हुदै भने श्रस्टाको सृजना को खडेरी लागेको बेला हामी सिङ्गो सांगीतिक उद्योग को संरक्षण गर्न उभिएका छौँ, यस्तो समय मा जोखिम मोल्नु आफ्नै ज्यान लाई किस्ताबन्दी मा राख्नु हो, संगीतको ब्याबसाय गर्नेहरु अलिसान बङ्गाला बनाएर चिल्लो कार मा सयर गर्दा पनि हामी कलाकार को पक्ष मै उभिएका छौँ ।