सन्दिपको टोलीले जित निकाल्यो - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

सन्दिपको टोलीले जित निकाल्यो



नेपालका स्टार क्रिकेटर तथा लेग स्पिनर सन्दिप लामिछानेको टोली कर्नाटका टुसकेर्सले युएईमा जारी टी–१० क्रिकेट लिगमा विजयी सुरुवात गरेको छ ।

आबुधाबीमा शनिबार राति भएको पहिलो खेलमा कर्नाटकाले दिल्ली बुल्सलाई १९ रनले हरायो ।शेख जायद स्टेडियममा कर्नाटकाले दिएको एक सय ११ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको बुल्स १० ओभरमा आठ विकेटको क्षतिमा ९१ रनमा समेटिएको थियो ।

बुल्सका लागि एन्जेलो म्याथ्युले सर्वाधिक ३१ रन बनाए । कप्तान इयान मोर्गनले २१ रन बनाए । बुल्सलाई सस्तैमा समेट्न नाथन रिमिङटनले तीन विकेट लिए । पाट ब्राउन र अहमेद राजाले दुई दुई विकेट लिए । नेपालका सन्दिपले दुई ओभर बलिङ गर्दै एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्नाटकाले १० ओभरमा पाँच विकेटको क्षतिमा एक सय १० रन बनाएको थियो । कर्नाटकाका लागि उपुल थरंगाले सर्वाधिक ४८ रन बनाए । सफिक उल्लाहले ३४ र जोनसन चाल्र्सले १३ रन बनाए । सन्दिप सुन्य रनमा अविजित रहे । बुल्सका रबी रामपालले दुई विकेट लिएका थिए ।