सन्दीप लामिछानेले पनि साग नखेल्ने - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

सन्दीप लामिछानेले पनि साग नखेल्ने



काठमाडौं- नेपाली स्टार क्रिकेटर तथा लेग स्पिनर सन्दीप लामिछानेले दक्षिण एसियाली खेलकुद (साग) नखेल्ने भएका छन् । साग गेम मंसिर १५ देखि नेपालमा हुँदैछ ।

सन्दीपको आँखाको शल्यक्रिया गरेका कारण उनले साग गुमाउने भएका हुन्। उनको सोमबार बिहान तिलगंगा आँखा अस्पतालमा आँखाको लेजर शल्यक्रिया गरिएको हो। शल्यक्रियापछि डाक्टरले सन्दीपलाई १५ दिन आराम गर्न सल्लाह दिएका छन्।

५ महिनाअघि नै सन्दीपको आँखामा समस्या देखिएको थियो। जचाउँदा उनमा टाढाको वस्तु देख्न समस्या रहेको भन्दै डाक्टरले चस्मा प्रयोग गर्न सुझाएका थिए। तर सन्दीपले चस्मा नलगाउनका लागि लेजर शल्यक्रिया गराएका हुन्।

सागमा अब उनको स्थानमा बैकल्पिक खेलाडीमा रहेका रोहितकुमार पौडेल, भीम सार्की र सागर ढकाल मध्ये एकले मौका पाउनेछन्।