टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ



काठमाडौँ-पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन् । नक्कली शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा जोडिएका उनलाई बुटवलबाट पक्राउ गरिएको हो ।

पूर्वमन्त्री रायमाझी र उनका छोरा सन्दीपलाई बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो । स्रोतका अनुसार बुधबार साँझ उनलाई प्रहरीले पक्राउ गरेको हो ।

टोपबहादुर भने अझै पक्राउ परेका छैनन् । दिनभर सुरक्षा घेरामा रहेका उनी अर्घाखाँचीबाट काठमाडौं फर्किएका छन् ।