सन्दीप पाकिस्तान प्रिमियर लिगमा छनोट, लाहोर टिमबाट खेल्ने  - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

सन्दीप पाकिस्तान प्रिमियर लिगमा छनोट, लाहोर टिमबाट खेल्ने 



काठमाडौं । आगामी १४ फेब्रुअरी देखि १७ मार्चसम्म चल्ने पाकिस्तान सुपर लिग (पीएसएल) टि–२० प्रतियोगिताको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने अक्सनबाट छनोट भएका छन् ।

सन्दीप लाहोर क्लान्डर्स क्लबमा गोल्ड क्याटागोरीबाट छनोट भएका हुन् । सन्दीप छनोट भएसँगै उनले ५० र ५७ लाखको बीचमा पारिश्रमिक पाउने छन् ।

सन्दीपको टोली लाहोरमा फखार जमान, एबी डि भिलियर्स, मोहम्मद हफिज, यासिर शाह, कार्लोस ब्राथविट, एन्टोन डेभसिच, राहत अलि, शाहिन अफ्रिदी, आघा सल्मान, शोहेल अख्तर र हसन खान रहेका छन् । थप खेलाडि छनौट कै प्रक्रियामा छन् ।