सन्दीप लामिछानेले बनाए दुर्लभ विश्व किर्तिमान - Himal Post Himal Post
  • ३० असार २०८१, शनिबार
  •      Sat Jul 13 2024
Logo

सन्दीप लामिछानेले बनाए दुर्लभ विश्व किर्तिमान



काठमाडौं । नेपालका पूर्वकप्तान सन्दीप लामिछानेले शुक्रबार आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट पूरा गर्ने कीर्तिमान बनाएका छन् ।

सन्दीपले एसीसी प्रिमियर कपमा ओमानका आदिल सफिकलाई एलबिडब्लूको धरापमा गर्दै १०० विकेटको कोसेढुंगा पार गरेका हुन् । सन्दीपले ४२ खेलमा १०० विकेट लिएका हुन् । यसअघि यो कीर्तिमान अफगानिस्ताका स्पिनर रसिद खानको नाममा थियो । रसिदले २५ मार्च २०१८ मा उक्त सफलता हासिल गरेका थिए । रसिदले ४४ खेलमा १०० विकेट पूरा गरेका थिए । त्यसअघि अष्ट्रेलियाका मिचेल स्टार्कले २०१६ मा ५२ खेलमा १०० विकेट लिएका थिए ।

सन्दीपले नामिबियाविरुद्ध १४, नेदरल्यान्ड्सविरुद्ध ४, ओमानविरुद्ध १०, पीएनजीविरुद्ध २५, स्कटल्यान्डविरुद्ध १०, यूएईविरुद्ध २२ र अमेरिकाविरुद्ध १५ विकेट लिएका छन् ।

सन्दीपले आईसीसी क्रिकेट विश्वकप लिग–२ मै ७३ विकेट लिइसकेका छन् । यस प्रतियोगितामा धेरै विकेट लिनेमा सन्दीप दोस्रो स्थानमा छन् । ओमानका विलाल खानले ७६ विकेट लिएका छन् ।

१०० विकेट लिएसँगै सन्दीपलाई टिमका अन्य खेलाडीहरूलाई काँधमा बोकेर खुसीयाली मनाएका थिए । १०० विकेट लिएर सन्दीपले दर्शकसामु अभिवादन पनि गरे ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडी

१. सन्दीप लामिछाने : ४१ खेलमा, २१ अप्रिल २०२३ मा
२. रसिद खान : ४४ खेलमा, २५ मार्च २०१८ मा
३. मिचेल स्टार्क : ५२ खेलमा, २१ अगष्ट २०१६ मा

सन्दीपको १०० विकेट लिँदाको प्रतिद्वन्द्वी

प्रतिद्वन्द्वी टिम र विकेट
नामिबियाविरुद्ध –१४
नेदरल्यान्ड्सविरुद्ध–४
ओमानविरुद्ध–१०
पीएनजीविरुद्ध–२५
स्कटल्यान्डविरुद्ध–१०
अमेरिकाविरुद्ध–१५
यूएईविरुद्ध–२२