लेग स्पिनर सन्दीप लामिछाने बिग बासमा खेल्ने - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

लेग स्पिनर सन्दीप लामिछाने बिग बासमा खेल्ने



काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने अष्ट्रेलियाको टी–२० क्रिकेट लिग बिग ब्याश लिग (बीबीएल) का लागि मेलबर्न स्टार्समा आवद्ध भएका छन् ।

विश्वकै प्रमुख क्रिकेट लिग खेलिरहेका सन्दिप डिसेम्बरदेखि मेलबर्न स्टार्समा आवद्ध हुने भएका हुन् । उनी डिसेम्बर १० मा टिममा सहभागी भए पनि जनवरी ५ मा बंगलादेश प्रिमियर लिग खेल्न जानेछन् । बंगलादेश प्रिमियर लिग सकिएपछि पुनः उनी बीबीएलका लागि अष्ट्रेलिया फर्किने क्रिकइन्फोले जनाएको छ ।

‘सन्दीपको पारिश्रमिकबारे सबै टुंगो भने लागेको छैन । प्रतिम्याचका हिसाबमा वा प्रतियोगिताभरिका लागि पनि हुन सक्छ । तर उनले कम्तीमा ६० हजार डलर पाउने छन् सन्दीपका व्यवस्थापक एवं नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिस्ट रमन सिवाकोटीले भने ।

गएको जनवरीमा सन्दिप लामिछाने दिल्ली डेयरडेभिल्समा आवद्ध हुँदै आईपीएल खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका थिए । आइपीएलमा उत्कृष्ट प्रदर्शन गरेपछि एकपछि अर्को गर्दै विश्वकै प्रमुख क्रिकेट लिगमा सन्दिपको माग बढिरहेको छ ।