सन्दीपको कमाल: एकै ओभरमा दुई विकेट - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

सन्दीपको कमाल: एकै ओभरमा दुई विकेट



काठमाडौँ – यूएईमा जारी टी-टेन लिग क्रिकेटअन्तर्गत आफ्नो टोलीको चौथो खेलमा सन्दीप लामिछानेले दुई विकेट लिएका छन्। सन्दीप आबद्ध कर्नाटका टस्कर्सले अहिले क्वालान्डर्ससँग खेलिरहेको छ।

सन्दीपले दुई ओभरमा ३० रन खर्चिएर २ विकेट लिए। पहिलो ओभरमा २२ रन खाएका सन्दीपले दोस्रो ओभरको अन्तिम दुई बलमा दुई विकेट लिए। उनले व्यक्तिगत दोस्रो ओभरको पहिलो बल वाइड फ्याँकेका थिए।

पाँचौँ बलमा सन्दीपले २८ बलमा ८० रन बनाएर खेलिरहेका टम बान्टनलाई एलबिडब्लु धरापमा पारेका थिए। उनले लगत्तै टी कोह्लर क्याडमरलाई गोल्डेन डकआउट बनाए। सन्दीपले २ छक्का र ३ चौका ब्यहोरे। ३ बल डट फ्याँके।

पहिला ब्याटिङ गरिरहेको क्वालान्डर्सले ८ ओभरमा ५ विकेट गुमाएर एक सय १३ रन जोडेको छ। चार खेलपछि दुवै टोलीको समान ३ अंक छ।