साबिक उपविजेता स्तब्ध, अर्जेन्टिनाको सानदार जीत - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

साबिक उपविजेता स्तब्ध, अर्जेन्टिनाको सानदार जीत



अर्जेन्टिनासँग पराजित हुँदै साविक उपविजेता क्रोएसिया कतार विश्वकपको सेमिफाइनलबाटै बाहिरिएको छ।

लुसैल स्टेडियममा मंगलबार मध्यराति भएको खेलमा क्रोएसिया अर्जेन्टिनासँग ३–० गोल अन्तरले पराजित भयो।

क्रोएसियाले अब तेस्रो स्थानको लागि दोस्रो सेमिफाइनलमा पराजित हुने टोलीसँग खेल्नेछ। दोस्रो सेमिफाइनलमा साबिक विजेता फ्रान्स र मोरक्को भिड्नेछन्।

गत सिजन उपविजेता मै सिमित बनेको क्रोएसियाको यो पटक उपाधि जित्ने योजना अधुरै रहेको रह्यो।

यो जितसँगै अर्जेन्टिनाले सन् २०१८ मा समूह चरणमा भोगेको हारको बदला समेत लिएको छ। त्यो खेलमा क्रोएशियाले अर्जेन्टिनालाई ३–० को अन्तरले नै पाखा लगाएको थियो।

छैटौँ पटक विश्वकप खेलेको क्रोएशिया लगातार दोस्रोपटक फाइनल खेल्न चाहन्थ्यो।

१९९८ मा पहिलोपटक सहभागी हुँदा नै सेमिफाइनलमा पुगे पनि त्यसपछि समूह चरणबाट माथि जान सकेको थिएन।

समूह चरण र नकआउटमा क्रोएशियाको रक्षापंक्ति बलियो देखिए पनि अर्जेन्टिनाविरुद्ध भने फितलो देखिएको थियो। आजको खेलमा क्रोएशियाको फिनिसिङमा जम्न सकेन।

क्वार्टरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएशियाले अन्तिम ४ मा स्थान पक्का गरेको थियो।

समूह चरणको पहिलो खेलमा मोरक्कोलाई गोलरहित बराबरी खेलेको क्रोएशियाले दाृस्रो खेलमा क्यानडालाई ४–१ ले पाखा लगाएको थियो।

समूह चरणको अन्तिम खेलमा बेल्जियमसँग गोलरहित बराबरी खेल्दै क्रोएसिया समूह उपविजेताका रुपमा नकआउटमा पुगेको हो।

नकआउट चरणमा जापानसँग एक एक गोलको बराबरी खेलेको क्रोएशियाले पेनाल्टी सुटआउटमा ३–१ को जित निकालेको थियो।