सनम र सपनाको प्रेम लिला "निभिजाने आगो जस्तो' भिडियो सहित - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

सनम र सपनाको प्रेम लिला "निभिजाने आगो जस्तो' भिडियो सहित



समिर प्रकाश पाण्डे
कुशल गीतकार तथा सङ्गीतकार राज कुमार बगरको सङ्गीत, मिलन किरातीको शब्द अनि समधुर स्वर भएकी गायिका मेलिना राईको आवाजमा रहेको “निभिजाने आगो जस्तो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा पछिल्लो समय चर्चामा आएका मोडेल सनम कठायतको अभिनय रहेको छ भने भिडियोमा सनम लाई सपनाले साथ दिएकि छिन । माया प्रेममा आधारित भिडियो लाई उत्सब दाहालले खिचेका छन् । यसै गरी भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । प्रकाश धितालको निर्देशन रहेको भिडियो लाई एभरेस्ट ग्यालरीले बजार व्यवस्थापन गरेको छ ।