सामुदायिक विद्यालयमा तालाबन्दी खुल्यो  - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

सामुदायिक विद्यालयमा तालाबन्दी खुल्यो 



ललित जाग्री/  कैलाली ।

अखिल क्रान्तिकारी विद्यार्थी संगठन कैलाली  क्षेत्र न ३ ले विगत केहि दिन देखी कैलालीको घोडाघोडी नगरपालिकाको राजमार्ग क्षेत्रका ३ सामुदायिक विद्यालय सहित २३ विद्यालयहरुमा गरेको तालाबन्दी मध्ये ३ ओटा सामुदायिक विद्यालयमा लगाएको तालाबन्दी खुलेको छ ।

घोडाघोडी नगरपालिका १ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा, विद्यालय निरीक्षक उमेश राज रेग्मीको अध्यक्षतामा बैठक बसी स्रोत ब्यक्ति राज किशोर लाल कर्ण संयोजक र सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु र विद्यार्थी संगठनका प्रतिनिधी सदस्य रहने गरी सामुदायिक बिद्यालयको भौतिक र शैक्षिक अबस्थामा बुझेर सुधार गर्ने निर्णयमा सहमती भए पछि वडा न १ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालय, वडा न २ मा साडेपानीमा रहेको दशरथ माध्यमिक विद्यालय र वडा न १० पहलमापुरमा रहेको कान्ति राज्य लक्ष्मी माध्यमिक विद्यालयमा लागेको तालाबन्दी खुलेको हो ।