सामुदायिक विद्यालय सुधार सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

सामुदायिक विद्यालय सुधार सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न



ललित जाग्री
देवकलिया ,कैलाली । कैलालीको घोडाघोडी नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरु सुधार सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम वडा नं ५ को राष्ट्रिय माध्यमिक विद्यालय देवकलियामा शुक्रबार सम्पन्न भएको छ ।

घोडाघोडी नगरपालिका ५ देवकलियामा भएको उक्त कार्यक्रममा सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीत बहादुर चौधरी, प्रमुख अतिथि विद्यालय निरीक्षक उमेश रेग्मी रहनु भएको थियो । त्यस्तै अतिथिहरुमा स्रोत व्यक्ति राज किशोर लाल कर्ण, वडा नं ५ का वडा अध्यक्ष प्रेम बहादुर रोकाया लगायतका रहनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै विद्यालय निरीक्षक उमेश रेग्मीले शिक्षामा गुणस्तर बढाउनका लागि विद्यार्थी, शिक्षक र अभिभावकको त्रिपक्ष सम्बन्ध सुधार हुनुपर्ने, विद्यार्थीहरु पढाउने भन्दा सिकाउनु पर्ने बताउनु भएको छ । त्यस्तै सोही कार्यक्रममा वडा अध्यक्ष प्रेम बहादुर रोकायाले जिम्मेवारी पुरा गर्नु भन्दा पनि दायित्व बोध गर्ने र गराउनु पर्ने कुरा बताउनु भएको छ ।

कार्यक्रममा राष्ट्रिय माध्यमिक विद्यालयको शिक्षामा गुणस्तर वृद्धि गर्न के गर्नु पर्ला भन्ने कुरामा बिषयमा ब्यापक छलफल समेत भएको थियो ।