आज पनि एमालेले संघीय संसदका दुवै बैठक चल्न नदिने - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

आज पनि एमालेले संघीय संसदका दुवै बैठक चल्न नदिने



काठमाडौं। संघीय संसदका दुवै बैठक आज बस्दैछन् ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक साढे ११ बस्ने तालिका छन् । शुक्रवारको बैठकमा तीनवटा विधेयक प्रस्तुत हुनेगरी संघीय संसद् सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

तर नेकपा एमालेले आज पनि संसद चल्न नदिने संकेत गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिका कारण नेकपा एमालेले पछिल्ला केहीदिनदेखि संघीय संसदका दुवै बैठक चल्न दिएको छैन ।

एमालेले प्रधानमन्त्रीको राजीनामा नै बटमलाइन भएको दाबी गरेको छ ।