कान्छी फुपु साचीँ राखी यो तीजमा सम्झना भण्डारीले तेजश रेग्मीलाई आफ्नो बनाउने पक्का (भिडियो सहित) - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

कान्छी फुपु साचीँ राखी यो तीजमा सम्झना भण्डारीले तेजश रेग्मीलाई आफ्नो बनाउने पक्का (भिडियो सहित)



समीर प्रकाश पाण्डे

नेपाली गीत सङ्गीतका पारखिहरुका लागि चर्चित गायक तेजस रेग्मी र पछिल्लो समय कि चर्चित गायिका सम्झना भण्डारीको सुमधुर स्वरमा रहेको तीज गीतको भिडियो सार्वजनिक भएको छ । “बेबि ” बोलको गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीत माया प्रेम सँग जोडेर तयार पारिएको छ भने गीतको शब्द केशव विष्टले लेखेका हुन यस्तै लय सिर्जना सर्जक तथा गायक रेग्मीकै रहेको छ । समाजिक संझालमा बेबि पछिल्लो समय निकै चल्तीमा अएको शब्द हो ।

कामना डिजिटलले बजार व्यवस्थापन गरेको सो गीतको म्युजिक भिडियोलाई राजेश घिमिरेको छायाङ्कन नवीन घर्ती मगरको सम्पादनमा शङ्कर बि.सीले निर्देशन गरेका छन् । भिडियो मा शङ्कर बि.सी र रन्जिता गुरुङ्को नित्य तथा उत्कृष्ट अभिनय रहेको छ ।