म सधै श्रमजीवीहरूकै पक्षमा लडिरहनेछु: गोकर्ण विष्ट - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

म सधै श्रमजीवीहरूकै पक्षमा लडिरहनेछु: गोकर्ण विष्ट



काठमाडौँ- निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आफू सधैँ श्रमजीवीहरूकै पक्षमा लडिरहने रहेको बताएका छन् ।

विष्टकै पालामा सुरु भएको सामाजिक सुरक्षा कार्यक्रमको एक वर्ष पुगेको अवसरमा उनले यस्तो बताएका हुन् ।

विष्टले सामाजिक सञ्जालमा सन्देश दिँदै ‘आफ्नै पसिना, मेहनत र पौरखमा जोखिमपूर्ण जीवन र अनिश्चित भविष्य बिताइरहेकाहरूकै सहारा सामाजिक सुरक्षा योजना’ भएको बताएका छन् ।

२०७५ मङ्सिर ११ गते गोकर्ण विष्टकै अगुवाइमा औपचारिक शुभारम्भ भएको सामाजिक सुरक्षा योजनाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । उक्त अवसरमा हरेक वर्षको मङ्सिर ११ गतेलाई सामाजिक सुरक्षा दिवसका रूपमा मनाउने घोषणा गरिएको थियो ।