समाज सहयोगी मनहरुद्वारा अभियान बालगृहलाई सहयोग - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

समाज सहयोगी मनहरुद्वारा अभियान बालगृहलाई सहयोग



बुटवल । समाजिक सञ्जाल फेसबुक ग्रुप समाज सहयोगी मनहरुले आफ्नो पहिलो कार्यक्रम स्वरुप अनाथहरुको लागी लत्ताकपडा बितरण गरेको छ ।समाजिक सञ्जालको रुपमा रहेको ग्रुपले रुपन्देहीको सैनामैनामा रहेको अभियान नेपाल बाल गृहमा सहयोग एक कार्यक्रमका बिच हस्तान्तरण गरेको हो । बिहिबार बालगृह परिषरमा कार्यक्रम गरि सहयोग हस्तान्तरण गरेको हो ।

११ जना अनाथहरु रहेको बालगृहमा समाज सहयोगी मनहरुले सहयोग गरेको हो । हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाका संसथापक एडमिन अर्जुन मरासिनीले बोल्दै पहिलो कार्यक्रम स्वरुप बालगृहमा सहयोग गर्न पाएकोमा खुसि ब्यक्त गरे । उनले यो ग्रुप गैर नाफामुखि संस्था भएको बताउँदै आगामि दिनमा समेत यस्ता कार्यक्रम हरु जारी राख्ने बताए ।

कार्यक्रममा संस्थाकी संरक्षक मन शाहिले बोल्दै आफुहरुको संस्थाको आवश्यकता बुझेर सहयोग गरेकोमा खुसि प्रकट गर्दै आगामी दिनमा पनि सहकार्य र आगामि दिनको लागी शुझेच्छा प्रकट गरेकी थिईन् ।

कार्यक्रममा संस्थाका संस्थापक तथा एडमिन रुद्र खनाल, सल्लाहकार राम प्रसाद मरासिनी, मोडिएटर जिवन थापा लगायतले बोल्दै यस कार्यक्रम पश्चात दर्ता संगै आगामि दिनमा पनि सहयोग गर्दै जाने बताए ।

समाज सहयोगी मनहरु को संथापक एडमिन आचार्य प्रदीपले सञ्चालन गरेको कार्यक्रममा बालगृहमा रहेका बालबालीकाको लागी आवश्यक लत्ताकपडा तथा जिन्सी सहयोग समेत गरिएको थियो ।