नवौं विन्ध्यवासिनी म्युजिक अवार्डको नोमिनेशनमा सलिना कुँवर - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

नवौं विन्ध्यवासिनी म्युजिक अवार्डको नोमिनेशनमा सलिना कुँवर



हेमन्त न्यौपाने / काठमाडौं ।
नेपाली म्युजिक अवार्डमा छुट्टै पहिचान बनाएको बिन्ध्यबासिनी म्युजिक प्रालीको म्युजिक अवार्ड कार्यक्रम नवौं बिन्ध्यबासिनी म्युजिक अवार्ड २०७५ को नोमिनेशन सार्वजनिक भएको छ । चलचित्र नेप्टेको चर्चित गीत ‘दिलरानी’बाट गायिका सलिना कुँवर नोमिनेशनमा परेकी छन । टप ५ मा पर्न सफल कुशल गायिका कुँवरलाई भोट गर्न आफ्नो मोबाइलको म्यासेज बक्समा गएर BMA लेखेर एउटा स्पेस दिई 21B लेखी 33001 मा पठाउन सकिन्छ ।

लोक,आधुनिक, पप सबै किसिममा गीतहरुमा उत्तिकै अब्बल गायिका कुँवरलाई पछिल्लो केहि दशक देखि दक्षिणी एसियाकै उत्कृष्ट गायक ठहरिका गायक उदितनारायण झासंगको युगल गीत ‘दिलरानी’ले थप चर्चा चुल्याएको छ । गायक झाका गीतहरु नेपाल र भारतमा मात्र नभई दक्षिणी एसियामै चर्चित छन । ३४ भन्दा धेरै भाषा तथा २५ हजार भन्दा धेरै गीतहरुमा स्वर दिईसकेका गायक झालाई यसै गीतले नेपाली सांगीतिक आकाशमा कमव्याक गरेको छ ।

गायक झासंग गायका कुवँरको स्वर एकदमै जमेको छ । सानैदेखि संगीतमा रुचि राख्ने गायिका कुँवर बिगत ४ वर्षदेखि गायनमा सक्रिय छन । दुर्गम मानिने चितवन र पर्साको मध्यवर्ती क्षेत्रको ‘ठोरी’बाट आएकी गायिका कुँवर सफलताको शिखर चढ्दै छिन ।