सरकारको न्यूनतम साझा कार्यक्रम तयार - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

सरकारको न्यूनतम साझा कार्यक्रम तयार



काठमाडौं । न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गरेको छ ।

आज अर्थ मन्त्रालयमा बसेको सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठकले न्यूनतम साझा कार्यक्रम तयार भएको जनाएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्यदलका सदस्य एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले आजको बैठकले आफ्नो प्रतिवेदनलाई पूर्णता दिएको बताए ।

उनले भोलि शनिवार शीर्ष नेताहरूको संयन्त्रमा सरकारको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्ने बताए । उनले न्यूनतम साझा कार्यक्रम नागरिकको डेलिभरीको पक्षमा रहेको र परिवर्तनको आभास हुने गरी आएको दाबी गरे ।

नागरिकलाई यो सरकार केही दिने सरकार हो भन्ने महसुस गराउने गरी न्यूनतम साझा कार्यक्रम तयार पारेको उनको भनाइ छ ।

उनले भने, ‘राम्रो न्यूनतम साझा कार्यक्रम बनेको छ । नागरिकको डेलिभरीको पक्षमा परिवर्तनको आभास हुने गरी कुराहरू समेटिएका छन् । नागरिकलाई परिवर्तनको आभास दिलाउने सरकार हो भन्ने महसुस गराउने गरी न्यूनतम साझा कार्यक्रम आउने छन् ।’

गएको पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउन उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा एक कार्यदल गठन गरेको थियो ।