सैनामैनामा व्यवसाय दर्ता अभियान जारी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सैनामैनामा व्यवसाय दर्ता अभियान जारी



अनिता चाैधरी/सैनामैना । सैनामैना नगरपालिकाले बैसाख ६ गते देखि व्यवसाय दर्ता अभियान सुरु गरेको छ ।

सैनामैना नगर क्षेत्रभित्र सञ्चालनमा रहेका व्यवसायहरु मध्ये केही व्यवसायहरु आन्तरिक राजश्व कार्यलय , घरेलु तथा साना उद्योग कार्यालय र वाणिज्य कार्यालय वा सो अन्र्तगतका कार्यालयहरुमा दर्ता गरि आफ्ना व्यवसाय संचालन गर्दैै आइरहेकाले र सैनामैना नगरपालिकामा दर्ता नगरेका व्यवसायीहरुलाई बैसाख ६ गतेदेखि ३१ गते सम्म दर्ता अभियान चल्ने र व्यवसाय दर्ता गर्नको लागि प्रत्येक वडा कार्यलयमा ब्यबस्था मिलाईएको प्रमुख प्रशासकिया अधिकृत कृष्ण प्रसाद भण्डारी जानकारी दिए ।

त्यस्तै बुधबार वडा नं १ वटा ८ वटा संस्था दर्ता आठार हजार पाच सय राजश्व अशुली , वडा नं २ बाट ७ वटा संस्था दर्ता आठ हजार पाच सय राजश्व अशुली, वडा नं ३ बाट १ वटा संस्था दर्ता पाच सय राजश्व अशुली, वडा नं ४ वटा ५ वटा संस्था दर्ता बीस हजार पाच सय राजश्व अशुली, वडा नं ५ वटा ४ वटा संस्था दर्ता आठ हजार पाच सय राजश्व अशुली, वडा नं ६ वटा २४ वटा संस्था दर्ता छैसठ्ठी हजार एक सय पाचस राजश्व अशुली, वडा नं ७ वटा ७ वटा संस्था दर्ता तीस हजार एक सय राजश्व अशुली, वडा नं ८ वटा २५ वटा संस्था दर्ता तीरासी हजार तीन सय राजश्व अशुली, वडा नं ९ वटा १० वटा संस्था दर्ता एकतीस हजार राजश्व अशुली, वडा नं १० वटा ४ वटा संस्था दर्ता चौध हजार राजश्व अशुली, वडा नं ११ वटा २ वटा संस्था दर्ता पाच हजार राजश्व अशुली, त्यसै गरि बुधबार सैनामैना वडा नं १ देखि ११ सम्म जम्म सन्तानब्बे ओटा व्यवसायीक संस्था दर्ता भएको छ भने कुल दुई लाख छेयसी हजार पाचस राजश्व अशुली भएको प्रमुख प्रशाशकिय अधिकृत भण्डारीले बताए ।

साविक पर्रोहा गा।वि।स। र दुधराक्ष गा।वि।स।को हकमा आर्थिक वर्ष २०७०।७१ देखि हाल सम्म र साविक सालझण्डी गा। वि।स को हकमा आर्थिक वर्ष २०७३।७४ देखि हल सम्म व्यवसाय कर लाग्ने कुरा प्रमुख प्रशासकिया अधिकृत भण्डारी जानकारी गराए ।

बैसाख ६ गते देखि ३१ गते सम्म सञ्चालन हुने अभियानमा आफ्नो व्यबसाय दर्ता गरेमा हर्जना मिनाहा गरिएको र सो समय भित्र दर्ता नगरेमा हर्जना लिने नगर प्रमुख चित्र बहादुर कार्कीले बताए ।