अर्गानिक केरा खेतीबाट १० जना स्वरोजगार - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अर्गानिक केरा खेतीबाट १० जना स्वरोजगार



सैनामैना । रुपन्देहीको कञ्चन गाउँपालीकामा अर्गानिक केरा खेती झनै फस्टाउदै गएको छ । कञ्चन २ कटुवा निवासी यम बहादुर क्षेत्रीले २०७१ सालबाट सुरु गरेको केरा खेती अहिले ५० कट्ठा क्षेत्रफलमा लगाइएको छ । ५ हजार केराका बिरुवाहरुले घरवरीपरीको दृष्य फरक भेटिन्छ । थोरै जग्गाबाट सुरु गरेको केरा खेती अहिले राम्रो हुदै गएको छ क्षेत्रीले भने ‘स्वदेशमै गर्न सकिन्छ भने किन बिदेशका सपना देख्नु ।’

केरा खेतीलाई ब्यवस्थीत बनाउदै गएपछी उनले दैनिक १० बढिलाई आफनै केराबारीमा काम दिन थालेका छन् । केराबिक्रिबाट मासिक १ लाख आम्दानी गर्दै आएका यमलाल भन्छन् ‘परीवारको साथ सहयोग रहेकाले काम गर्न सजिलो भएको छ । ’

२०५४ सालबाटै ब्यवसायीक कृषिमा लागेका यमलाल कृषिमै रमाउन रुचाउछन् । सुरुवाती टमाटर, गोपि जस्ता तरकारी खेती गरी ७ बर्ष यसमै ब्यवसायीक बन्दै गए । ‘कुनै समय तरकारी बिक्रि नहुदा नोक्सान हुन थालेपछी, केरा खेतीमा लागेका हा’ै यमलाले भने ।

पुराना बिरुवा हटाएर नया बिरुवा हुर्काउने तयारीमा उनी छन् । ‘जे गर्छौ त्यसैमै पुर्ण समर्पित भएर गरौ, केरा खेतीमै मात्र ध्यान रहेकाले राम्रो हुदै गएको छ, सबैतिर गर्छु भन्दा असफल पनि भइन्छ’ यमलालले भन्छन् ।

बाग्लुगमा जन्मीएका यमलाल बिदेशमा केही समय रहेपछी स्वदेशमै काम गर्नुपर्छ भन्ने भावना लिएर आएका हुन् । ३ छोरी र १ छोरा सहित श्रीमतीको साथमा अहिले उनी आफनो ब्यवसाय अझ ब्यवस्थीत बनाउदै गएका छन् ।

यमलालको केरा खेती राम्रो हुदै गएपछी जिल्ला कृषि विकास कार्यालय उनलाई उत्कृष्ट कृषकको रुपमा पुरस्कृत गरेको छ । त्यहाँ उत्पादन हुने केरा अहिले बासगढी, सुर्यपुरा, बुटवल हरैया लगायतका क्षेत्रमा जाने गर्दछ । त्यहाँ उत्पादन हुने केरामा बिषादी रहीत मल प्रयोग हुदा उत्पादन धेरैले रुचाउने गर्दछन् । ‘आफनो फरक बिशेषता पनि अर्गानिक हुनु रहेको’ उनी भन्छन् ।