ब्लड क्यान्सर पीडित गुरूङ्लाई सागर अधिकारीकाे सहयोग - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

ब्लड क्यान्सर पीडित गुरूङ्लाई सागर अधिकारीकाे सहयोग



कर्ण बहादुर अधिकारी /मकाउ,चीन। मकाउमा व्यापार ब्यबशाय गर्दै आएका समाजसेवी ब्यक्तित्व सागर अधिकारीले मकाउ लभ लिजर फिट्नेश क्लव र एम हेयर स्टुडियो तर्फबाट यस पटक पनि ब्लड क्यान्सर पीडित आबु खैरेनी ६ तनहुँ मिलनचोककी याम कुमारी गुरूङलाई ३५ हजार नेपाली रूपैया सहयोग गरेका छन।

मध्यम बर्गीय परीवारमा जन्मिएकी गुरूङ्को जीवन बचाउ अभियानमा उक्त रकम उहाँकै सुपुत्री सलिना अधिकारीको हातबाट मिति २०७५ साल जेठ ९ गतेका दिन क्यान्सर पीडित गुरूङलाई हस्तान्तरण गरीएको हो।बिगत ९ महिना देखि ब्लड क्यान्सरको उपचारमा संलग्न रहेका गुरूङ परीवारलाई यस्तै सहयोगी मनहरूको आबस्यकता परेको छ।

भर्खरै १६ बर्षमा मात्रै टेकेकी गुरूङको यस्तो अबस्थाले जो कोहिको मन पनि रूनेछ। सधैँ भरी सामाजिक कार्यमा अग्रसर रहन चाहने अधिकारी तनहुँ निवासी हुन।सामाजिक कार्यहरू गर्ने क्रममा मकाउमा ह्रदय घातका कारण मृत्यु भएका रवि प्रकाश महत्तोको परीवारलाई सहयोग स्वरूप अधिकारी आफैले मकाउ लभ लिजर फिट्नेश क्लव र एम हेयर स्टुडियोको तर्फबाट ३ हजार मोप अर्थात ४० हजार ने.रू सहयोग गरेका थिए।

त्यसै गरी सिटी अफ ड्रिम्स क्यासिनोमा कार्यरत रहेका मृगौला पीडित राजु बस्नेतलाई पनि ३ हजार मोप अर्थात ४० हजार ने.रू सहयोग गरेका थिए।सहयोगकै क्रममा मृगौला पीडित तनहुँ बन्दीपुर झार गाउँ निवासी अरूण गुरूङ्लाई मकाउ लभ लिजर फिट्नेश क्लब र क्लवका सदस्यहरूको तर्फबाट ६४ हजार ५ सय नेपाली रूपैया आर्थिक सहयोग पीडितलाई हस्तान्तरण गरेका थिए।

मकाउ लभ लिजर फिटनेश क्लबका सञ्चालक अधिकारीले क्लबबाट संकलित रकम मध्य २ प्रतिशत रकम सामाजिक कार्यका लागि खर्चिने कुरा यस अघि नै बताई सकेको हुनाले उक्त क्लबमा मकाउमा कार्यरत रहनु भएका नेपालीहरूलाई अझै बढी सदस्यता बनाउन सकेमा अझै बढी डोनेशन गर्न सकिने कुरा व्यक्त गर्नु हुन्छ अधिकारी तसर्थ उक्त कार्यका लागि भए पनि तपाईहरू क्लबको सदस्यता लिई शाररीक ब्याम गर्दै शरीर स्वस्थ राख्नका लागि मकाउ लभ लिजर फिट्नेश क्लबले आबहान गरेको छ।

उक्त क्लवमा प्रशिक्षकको भूमिका संजय अधिकारीले निभाई रहेका छन्।