साहारा क्लबले जित्यो प्रथम घोडाघोडी मेयर कपको उपाधी(फोटो फिचर) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

साहारा क्लबले जित्यो प्रथम घोडाघोडी मेयर कपको उपाधी(फोटो फिचर)



विशाल पाण्डेय / सुखड , कैलाली ।।
महालक्ष्मी प्रथम घोडाघोडी मेयर कप फुटबल प्रतियोगितामा साहारा क्लब ‘ए’ पहलमानपुर बिजयी भएको छ ।

घोडाघोडी क्लब ‘ए’ सुखड र साहारा क्लब ‘ए’ पहलमानपुर बिचको खेलमा १ -० ले हराउँदै साहारा क्लब पहलमानपुर घोडाघोडी मेयरकपको उपाधी जितेको हो । क्लबलाइ अग्रता दिलाउने क्रममा जीवन चौधरीले गोल गरेका थिए । प्रतियोगितामा बिजेताले ५१ हजार १ सय ५१ रुपैया सहित ट्फी, मेडल र प्रमाणपत्र हात पारेको छ ।

त्यस्तै प्रतियोगितामा उपबिजेता भएको आयोजक घोडाघोडी क्लब सुखडले २१ हजार १ सय २१ रुपैया सहित ट्फी,मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

खेलमा केहिबेर दुई पक्ष बिचका बाहिरी दर्शकहरुको बिबाद हुदा प्रहरिले लाठी चार्ज समेत गरेको थियो र विवाद मिलि खेल पुन सुचारु भएपनि खेललाई अग्रता दिलाउन नसक्दा घोडाघोडी क्लबले उपबिजेतामा चित्त बुझाउन पर्‍यो ।

आयोजकले खेल अवधिभर राम्रो प्रदर्शन गरेबापत बेस्ट किपर साहारा क्लबका सन्दिप चौधरी , धेरै गोल गर्ने साहारा क्लबका जीवन थापा , उत्कृष्ट डिफेन्स घोडाघोडी क्लबका चन्द्र बुढामगर ,राइजिन्ङ्ग खेलाडी घोडाघोडि क्लबका दिपक बुढा र उत्कृष्ट खेलाडी घोडाघोडी क्लबका सुरेन्द्र चौधरी भएका छ्न ।

आयोजक घोडाघोडी क्लबका अध्यक्ष रबि गिरिको सभापतित्वमा सम्पन्न भएको समापन कार्यक्रममा प्रमुख अतिथी घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरी रहनु भएको थियो । त्यस्तै बिशिस्ट अथितीमा घोडाघोडी नगरपालिकाकि उप प्रमुख प्रेम कुमारी थापा , घोडाघोडी नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु , विभिन्न दलका राजनीतिक ब्यक्तिहरु ,ब्यापारीहरु , पत्रकारहरु रहेका थिए ।

“घोडाघोडी समबृद्बिका लागि खेलकुद” भन्ने मुल नाराका साथ घोडाघोडी नगरपालिको आर्थिक सहयोग , नगर खेलकुद विकास समितिको संमन्वय तथा घोडाघोडी  क्लबको आयोजनामा मेयर कप फुटबल प्रतियोगिता यहि माघ १४ देखि सुरु भएको थियो ।

आज भएको समापन कार्यक्रममा घोडाघोडी क्लबका उपाध्यक्ष यादब भट्टको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रममा स्थानीय वासिन्दा तथा खेलप्रेमीहरुको उपस्थिति रहेको र कार्यक्रम सञ्चालन घोडाघोडी क्लबका सचीव ओम आचार्यले गर्नुभएको थियो ।