सहमति जुटाउने सत्ता गठबन्धनको अन्तिम प्रयास, बैठक जारी - Himal Post Himal Post
  • ६ श्रावण २०८१, आईतवार
  •      Sun Jul 21 2024
Logo

सहमति जुटाउने सत्ता गठबन्धनको अन्तिम प्रयास, बैठक जारी



काठमाडौं । सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रममा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा गठबन्धन दलका शीर्ष नेताहरू सहभागी छन् । आज न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर मन्त्रालय भागबन्डामा पनि सहमति जुटाउने प्रयासमा दलहरू छन् ।

यसअघि मङ्गलवार साँझ बसेको बैठकमा न्यूनतम साझा कार्यक्रम दलहरूलाई आन्तरिक अध्ययन र सुझावका लागि वितरण गरिएको थियो ।

हिजोको बैठकमा मन्त्रालय बाँडफाँटमा पनि छलफल भएको थियो । तर कांग्रेसले ८ मन्त्रालय, जसपा र नेकपा एसले ३/३ मन्त्रालय पाउनै पर्ने अडान राखेपछि सहमति जुट्न सकेन ।