सहमतीका लागि सिमांकन हेरफेर आवश्यकता : बर्षमान पुन - Himal Post Himal Post
  • १ माघ २०८२, बुधबार
  •      Wed Jan 14 2026
Logo

सहमतीका लागि सिमांकन हेरफेर आवश्यकता : बर्षमान पुन



हिमाल पोष्ट / बुटवल, ९ मंसिर । नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन अनन्तले राजनीतिक सहमतिका लागि सिमाकंन हेरहेरको तयारी गरिएको बताएका छन्  ।

उनले प्रदेश नम्बर ५ को सिमाकंन हेरफेर गर्ने प्रस्ताव राजनैतिक बाध्यताले आएको बताए ।

मधेशबादी दलहरुलाई संविधान कार्यान्वयनको प्रक्रियामा ल्याउनका लागि सरकारले पाच नम्बर प्रदेशको सिमाकंन हेरफेर गर्न खाजेको उनको भनाइ छ ।
प्रेस सेन्टर नेपाल रुपन्देहीले विहिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जनताको चाहना एकातिर हुँदा हुँदै पनि राजनितिक सहमतीका लागि सिमांकन हेरफेर गर्न खोजिएको बताए ।

‘भावानात्मक रुपमा यो प्रदेश नटुक्रिएको राम्रो हो’ उनले भने ‘उपेक्षित एउटा समूहले संविधान अस्विकार गरेपछि संविधान कार्यान्वयनका लागि पनि संविधान संसोधन गर्नुपरेको हो ।’
नेता पुनले सरकारले संविधान संसोधन प्रस्तावको रुपमा ल्याउन लागेको बताए । ‘संसोधन पारित हुन्छ कि हुन्न त्यो पछिको बिषय हो, तर सरकारले प्रस्ताव ल्याउछ’ उनले भने ।

संविधान संसोधन प्रस्तावमा नागरिकताको बिषयमा बाहिर हल्ला फैलाए जस्तो गरि संसोधन नहुने प्रष्टाए ।