रामवनद्धारा युवा स्वरोजगारको सहुलियत कर्जा बितरण - Himal Post Himal Post
  • २२ मंसिर २०८१, शनिबार
  •      Sat Dec 7 2024
Logo

रामवनद्धारा युवा स्वरोजगारको सहुलियत कर्जा बितरण



मणिग्राम । रामवन बचत तथा ऋण सहकारि संस्था तिलोत्तमाले युवा तथा साना ब्यावसायी स्वरोजगार कोष मार्फत आएको रकम आफ्ना सेयर सदस्यहरुलाई सहुलियत ब्याजमा कर्जा बितरण गरेको छ । कोषको साढे २२ लाख रकम कृषि पशुपालन र साना ब्याबसाय संचालनका सो सहकारिका १२ महिला र १० पुरुष गरि २२ सदस्यले सहुलियत ब्याजदरमा बिनाधितो कर्जा प्राप्त गरेको हुन ।
संस्थाले बिहिबार कार्यलयमा एक कार्यक्रमको आयोजिना गरि चेक हस्तान्तरण गरेको छ । ६० औं सहकारि दिवसका अबशरमा रुपन्देहीको उत्कृष्ट सहकारिको रुपमा सम्मानित सो सहकारीले आफ्ना सेयर सदस्यहरुलाई स्वरोजगार बनाउन युवा तथा साना ब्यावसायी स्वरोजगार कोषसंग सहकार्य गरि पहिलो किस्ता स्वरुप सो रकम बितरण गरेको संस्थाका अध्यक्ष बाबुराम भण्डारीले जानकारी  दिए
कर्जा लिने सम्पुर्ण युवा उद्यमीहरुलाई कर्जाको सहि सदुपयोग गर्न कार्यक्रमका बत्ताहरुले सुझाब दिए ।
रामवन बचत तथा ऋण सहकारि संस्थाका अध्यक्षल बाबुराम भण्डारीको अध्यक्षता, तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष चेतनाराण भण्डारिको प्रमुख आतिथ्यता र युवा तथा साना ब्याबसायी स्वरोजगार कोषका रुपन्देन्ही जिल्ला प्रतिनिधी दिनेश श्रीसको बिशिष्ट आतिथ्यतामा आयोजित कार्यत्रक्रमको संचालन संस्थाका सचिब खेमराज पाण्डेले गरेका थिए।

 

तत्कालिन प्रधानमन्त्रि डा बाबुराम भट्टराईको समयमा बिक्रम सम्वत २०६५ साल देखि उक्त सुरु भएको कोषले सहकारि मार्फत लगानि गरेर हालसम्म २५ हजार बढि युवाहरुलाई रोजगारी सिर्जना गरेको छ ।

“कोषले एक गाउ एक उत्पादन एवंम एक सहकारी एक मुख्य चिनारि” भन्ने नारा तय गरि सहकारिहरुमार्फत युवाहरुलाई बिनाधितो कर्जा प्रदान गर्दै आएको छ ।

कोषले सहकारिमार्फत लगानि गरेको रकम सम्बिन्धित काममा नलगाई अन्य कामममा लगाएको पाइएमा प्रचलित कानुन अनुसार ऋणबाट ब्याज असुलि गर्नुका साथै राहदानि नदिने, कालो सुचिमा राख्ने, निर्बाचनमा उम्मेद्धवार बन्न नदिने, सरकारबाट प्रदान गर्ने सम्पुर्ण सेवाबाट बहिस्कार गर्ने गर्दछ ।