विभिन्न देशका ३२ सय खेलाडी नेपालमा, ८३ होटल बुक - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

विभिन्न देशका ३२ सय खेलाडी नेपालमा, ८३ होटल बुक



आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि होटल र खेलस्थलको टुंगो लागेसँगै ती स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलले होटल र खेलस्थलको टुंगो लागेपछि त्यहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको बताए।

मंसिर १५ देखि २४ सम्म काठमाडौं, ललितपुर, कास्की र धनुषामा आयोजना हुने सागमा नेपालसहित दक्षिण एसियाली मुलुक भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र भुटानका खेलाडीले भाग लिनेछन्।

गृहका अनुसार ३ हजार २ सय २८ खेलाडी, २ सय २९ रेफ्री, प्रशिक्षक/पदाधिकारी सहभागी हुनेछन्। खेलाडीसहितका पाहुना राख्न युवा तथा खेलकुद मन्त्रालयले ४ जिल्लामा ८३ होटल बुक गरेको खबर आजको कान्तिपुरमा मातृका दाहालले लेखेका छन्।

यद्यपि पाहुनाको चाप हेरेर बुक भएका होटल संख्या तलमाथि पर्न सक्ने मन्त्रालयले जनाएको छ।