सडकमै शिक्षा - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

सडकमै शिक्षा



विशाल पाण्डेय/सुखड,कैलाली
कैलालीको घोडाघोडी नगरपालिका -१ सुखड बजारमा ट्राफिक ब्यवस्थापन तथा दुर्घटना न्युनिकरण सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ ।

सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी प्रमुख लोकेन्द्र श्रेष्ठको नेतृत्वमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिहीबार ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण सम्बन्धि जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको हो ।

ट्राफिक जनचेतना अन्तर्गत ट्राफिक प्रहरी प्रमुख श्रेष्ठले ट्राफिक नियमहरु, ट्राफिक संकेत र दुर्घटनाबाट जोगिने उपायहरुको बारेमा प्रशिक्षण दिएका थिए । तिब्र गती, हेलमेट बिना तथा मदिरा सेवन गरी सवारी नचलाउन उनले सबैलाई आग्रह गरेका थिए । श्रेष्ठले ट्राफिक ब्यवस्थापनलाई मजुत बनाई दुर्घटना न्युनीकरणको लागि सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए ।

श्रेष्ठले छाडा पशु चौपायाले गर्दा दुर्घटना बढेको बताउदै चौपाया मुक्त सडक बनाउन सबै लागि पर्न आग्रह समेत गरे । घोडाघोडी नगरपालिकाको वडा नं १ मा पर्ने करिब २ किलोमिटर राजमार्गमा छाडा पशु चौपाया मुक्त बनाउन आजै बाट पहल गर्नुपर्ने बताउदै श्रेष्ठले सबैले आ-आफ्नो ठाउँको चौपाया व्यवस्थापन गरे सुदुर पश्चिम् प्रदेश दुर्घटना रहित हुने बताए ।

कार्यक्रममा प्रमुख अथीतिको आसनबाट बोल्दै घोडाघोडी नगरपालिकाका उप–प्रमुख प्रेम कुमारी थापाले पछिल्लो समय सवारी दुर्घटना बढेको प्रति चिन्ता ब्यक्त गरिन । सवारी चालक नै यात्रुको भगवान सरह हुने भन्दै उनले चालकसंग नम्र र सम्मानित ब्यवहार गर्नुपर्ने बताईन । सवारी दुर्घटनाको प्रमुख समस्याको रुपमा देखिएको छाडा पशु चौपाया ब्यवस्थापन गर्न नगर सरकारले प्रयास गरे पनि आफुहरु असफल भएको बताइन् ।

पछिल्लो समय ट्राफिक प्रहरीलाई शत्रु कै नजरले हेर्ने प्रबृतिको बिकास हुन थालेको भन्दै वडा नम्बर १ का वडा अध्यक्ष मनराज शाहीले प्रहरी मेरो साथी नारालाई सबैले ब्यवहारमा लागु गर्नुपर्ने बताए । प्रहरीले आफ्ना लागी नभई चालक तथा यात्रुहरुका लागि काम गरीरहेको भन्दै उनले तिब्र गतिमा सवारी नचलाउन आफ्नो सुरक्षा आफै गर्न पनि आग्रह गरेका थिए ।