सडकमै गाडी रोकेर चालकलाई ट्राफिक नियमबारे प्रशिक्षण - Himal Post Himal Post
  • २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
Logo

सडकमै गाडी रोकेर चालकलाई ट्राफिक नियमबारे प्रशिक्षण



बुटवल : पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलले सडक दुर्घटना न्यूनीकरण गर्न अभियान थालेको छ ।६ लेन सडकमै पछिल्लो समयमा दुर्घटना बढ्दै गएकाले प्रहरीले अभियान संचालन गरेको हो ।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले दुर्घटना घटाउने तीन वटा अभियान रूपन्देही सहित तराईका चार जिल्लामा सञ्चालनमा ल्याएको हो ।

दुर्घटना न्यूनीकरण गर्न चालकसंग एक मिनेट, लेन अनुशासन र साझा सिभिल ड्रेसमा ट्राफिक प्रहरी परीचालन गरिएको प्रहरी नायव उपरिक्षक माधवप्रसाद बुढाथोकीले बताए ।

चालकसंग एक मिनेट कार्यक्रम अन्तर्गत सडकमै गाडी रोकेर चालकलाई ट्राफिक नियमबारे प्रशिक्षण दिइने छ । यात्रुलाई कस्तो व्यवहारगर्ने जानकारी गराइनेछ ।

त्यस्तै सांझपख भित्रि गल्ली, बाटोमा हेलमेट नलगाई मोटरसाईकल चलाउने र मोवाई फोनमा कुरा गरी सवारी चलाउनेलाई ठाउंको ठाउ हेलमेट किन्न लगाइनेर मोवाईलमा कुरा गदै सवारी नचलाउन सचेत गराउने अभियान संचालन गरिएको प्रहरी नायव उपरिक्षक बुढाथोकीले बताए ।

ट्राफिक प्रहरीको आग्रह नमान्नेलाई कारवार्ही गरिनेछ । त्यस्तै आफु कहा जाने हो र कुन लेन प्रयोग गर्ने हो भन्नेबारे समेत प्रशिक्षण दिईने छ ।