नेपालमा रमाएका सचिन तेन्दुलकर - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

नेपालमा रमाएका सचिन तेन्दुलकर



काठमाडौं । क्रिकेटका महारथी सचिन तेन्दुलकरले आज पशुपति दर्शन गरेका छन्।

शुक्रबार बेलुका नेपाल आएका तेन्दुलकरले शनिवार टियु मैदानमा बालबालिकाहरुसँग क्रिकेट खेलेका थिए। आज बिहानै उनी पशुपति दर्शनका लागि पुगेका थिए।

बालअधिकार सम्बन्धी महासन्धि पारित भएको ३० वर्ष पूरा भएको उपलक्ष्यमा नेपालस्थित युनिसेफले सचिनलाई नेपाल ल्याएको हो। सचिन युनिसेफका सद्धभावना दूत हुन्।