प्राज्ञिक विद्यार्थी परिषदको टीकापुरमा नगरसमिती गठन, नगरसचिवमा उपाध्याय - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्राज्ञिक विद्यार्थी परिषदको टीकापुरमा नगरसमिती गठन, नगरसचिवमा उपाध्याय



टीकापुर । प्राज्ञिक विद्यार्थी परिषद टीकापुर नगरपालिकाको नगर सचिवमा यज्ञराज उपाध्यायलाई निर्विरोध चयन गरिएको छ । उपाध्यायले फेसबूकमा एक स्टाटस राख्दै सो उल्लेख समेत गरेका छन । प्राज्ञिक विद्यार्थी परिषदले शुक्रबार टीकापुरमा गरेको अभ्यास बर्गमा ११ जना सदस्यीय समिती गठन गरिएको उपाध्यायले बताए ।

उक्त नगर समितिको सह सचिवमा शिशिर पौडेल र नरेश देउवा गरि दुई जना रहेका छन भने पत्रीका संयोजकमा चिरञ्जीवी शर्मा, नगर छात्रा प्रमुखमा दिपा चौधरी र कोषाध्यक्षमा बिन्द्रा चौधरी रहेका छन । यस्तै नगर सदस्यमा गौरी साउद, पवित्रा धिताल, कञ्चन सन्यासी, रबिराम चौधरी, रिता कुमारी चौधरी रहेका छन ।