सचेतनामुलक अभिमुखीकरण कार्यक्रम सञ्चालनमा - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सचेतनामुलक अभिमुखीकरण कार्यक्रम सञ्चालनमा



हिमाल पोस्ट /सुखड,कैलाली ।
कैलालीको घोडाघोडी नगरपालीका अन्तरगत रहेका विद्यालयमा सचेतनामुलक विद्यालय स्तरिय अभिमुखीकरण कार्यक्रम संचालन भइरहेको छ ।

घोडाघोडी नगर युबा संजालको आयोजनामा संचालनमा आएको विद्यालय स्तरिय कार्यक्रममा बाल बिबाह , मानब बेचबिखन तथा ओसारपोसार,लैङ्गीक हिंसा संग संम्बन्धीत कार्यक्रम संचालन भइरहेको घोडाघोडी नगरयुबा संजालका अध्यक्ष शंकर डगौराले जानकारी दिए ।

किशोरा अबस्थाका बालबालिकामा समाजमा जर-जर अबस्थामा रहेका समस्या बारेमा उजागर गरेमा सो बाट निम्तीने जोखिम न्यूनिकरण हुने उदेश्यले युबा संजालले बिध्यालय स्तरिय अभिमुखीकरण कार्यक्रम संचालन गरेको डगौराले जानकारी दिए । सोही अन्तरगत आज (मंगलबार )कैलालीको घोडाघोडी नगरपालिका ७ करैचामा रहेको बाल कल्याण बिध्यालयमा अध्यनरत बिध्यार्थीहरूलाई सचेतनामुलक अभिमुखीकरण कार्यक्रम गरिएको छ ।