प्रश्नको उत्तर दिन नसकेपछि सभामुखले गरे संसद बैठक स्थगित - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

प्रश्नको उत्तर दिन नसकेपछि सभामुखले गरे संसद बैठक स्थगित



काठमाडौं । नेकपा (एमाले) का सांसद लक्ष्मी कोइरीलाई कारबाही नगरिएको भन्दै सत्ता पक्षले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले बैठक ३० मिनेटलाई स्थगित गरेका छन् । सत्ता पक्षका सांसदहरूले फरार अभियुक्त रहेका कोइरीलाई बिरामी भएर अनुपस्थित भएको भन्ने विषय रेकर्डबाट हटाउन माग गरे ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सभामुखले जग हसाइ गरेको आरोप लगाए । सत्ता पक्षका सांसदहरूको प्रश्न थेग्न नसकेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू गृहमन्त्री हुँदा कोइरीलाई फरार अभियुक्तको रुपमा खोजी गरिएको भन्दै कारबाही गर्न माग गरे । एमाले सांसद रघुजी पन्तले भने सांसलाई खोज्न नसकेर सत्ता पक्षले मजाक गरेको बताए ।