सबै विमानको प्राविधिक परीक्षण गराउन सरकारले दियो निर्देशन - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

सबै विमानको प्राविधिक परीक्षण गराउन सरकारले दियो निर्देशन



सरकारले आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गराउन निर्देशन दिएको छ । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा परेपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्देशन दिएको हो ।

मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिँदै उपप्रधानमन्त्री विष्णु पौडेलले विमानको प्राविधिक परीक्षणले आगामी दिनमा यस्ता दुःखद घटना न्यूनीकरण गर्न सहयोग पुग्ने सरकारले विश्वास लिएको बताए ।

सरकारले सबै वायु सेवा कम्पनीहरूलाई विमानको प्राविधिक परीक्षण गराउन निर्देशन दिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यसको अनुगमन गर्नेछ ।