रिलिजकै दिन यसरी लिक भयो 'साहो' - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

रिलिजकै दिन यसरी लिक भयो ‘साहो’



एजेन्सी- ३५० करोड भारूको महँगो बजेटमा बनेको प्रभास स्टारर ‘साहो’ रिलिज भएको केहि घण्टामा नै इन्टरनेटमा लिक भएको छ।

टोरेन्ट साइट तमिल रकर्सले यसलाई लिक गरेको हो। यो साइटले यसअघि पनि थुप्रै सिनेमालाई रिलिजकै दिनमा लिक गर्दै आएको थियो।

यसअघि यस साइटले ‘जजमेन्टल है क्या’, ‘पेटा’, ‘गली व्वाय’, ‘ठग्स अफ हिन्दोस्तान’ आदि सिनेमालाई लिक गरेको थियो।

भारत सरकारले साइटलाई प्रतिबन्धित गरेपनि उसले नियमित सिनेमा लिक गर्दै आएको छ। साइट प्रतिबन्धित भएपनि प्रोक्सी लिकंबाट प्रयोगकर्ताहरूले सजिलै सिनेमा डाउनलोड गर्ने गरेका छन्।

यसरी लिक हुँदा सिनेमालाई करोडौंको घाटा हुने गरेको छ।

प्रभासको मूख्य भूमिका रहेको यस सिनेमामा श्रद्धा कपुर, चंकी पाण्डे, ज्याकी श्राफ, नील नितिन मुकेश, मन्दिरा बेदी तथा महेश मांझरेकरको अभिनय रहेको छ।

सिनेमालाई सुजिथले निर्देशन गरेका हुन्।