योगी आदित्यनाथबारे ट्वीट गर्ने पत्रकारलाई रिहा गर्न सर्वोच्चको आदेश - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

योगी आदित्यनाथबारे ट्वीट गर्ने पत्रकारलाई रिहा गर्न सर्वोच्चको आदेश



नयाँ दिल्ली –

भारतको सर्वोच्च अदालतले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका विरुद्धमा सामाजिक सञ्जालमा सामग्री राखेको अभियोगमा पक्राउ परेका पत्रकार प्रशान्त कनौजियालाई धरौटीमा रिहा गर्न मङ्गलबार आदेश दिएको छ । न्यायाधीश इन्दिरा बनर्जी र अजय रसेकीको संयुक्त इजलासले सो आदेश दिएको हो ।

इजलासले उनले गरेको ट्वीटलाई सही मान्न नसकिएपनि उनलाई त्यसैका कारण जेल पठाउन नमिल्ने आदेश दिएको छ । अदालतले कुनै पनि नागरिकको स्वतन्त्रताका विरुद्ध सम्झौता हुन नसक्ने जनाएको छ । यो अधिकार नागरिकलाई संविधानले नै दिएको र त्यो खोस्न नसकिने अदालतले जनाएको छ । प्रशान्तलाई गएको शनिबार उत्तर प्रदेश प्रहरीले दिल्लीबाट पक्राउ गरेको थियो । उनले आफ्नो ट्वीटमा एक महिलाको भिडियो राखेका थिए, जसले उत्तर प्रदेशका मुख्यमन्त्रीसँग आफ्नो प्रेम भएको बताएकी थिइन् ।
(बीबीसी)