२०७६ साउन ३, शुक्रबार

संसदको घटनालाई लिएर सामाजिक सञ्जालमा प्रतिपक्ष र सत्तापक्षको जुहारी

June 18, 2019
34 Views

गुठी सम्बन्धी र मिडिया काउन्सिललगायतका विधेयकहरूको विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले मंगलवार संसद्‌मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न नदिएपछि उक्त विषयले सामाजिक सञ्जाल तताएको छ।

कतिपयले प्रमुख प्रतिपक्षी दलको कदमको समर्थन गरेका छन् भने कतिपयले विरोध गरेका छन्।

हालै युरोप भ्रणमबाट फर्किएका प्रधानमन्त्री ओलीले संसदमा युरोप भ्रमण र समसामयिक विषयमा बोल्न समय माग गरेका थिए।

मंगलवार प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने भनेपछि काङ्ग्रेसले पनि प्रमुख प्रतिपक्षी दलका नेतालाई बोल्न दिन समय माग गरेको थियो।

तर सभामुख कृष्णबहादुर महराले मङ्गलवार सुरुमै प्रधानमन्त्री ओलीलाई बोल्ने समय दिए।

ओलीलाई समय दिने बित्तिकै काङ्ग्रेस सांसदहरूले त्यसको विरोध गरे। उनीहरूले उठेर नाराबाजी गर्दै रोस्टमतर्फ गएपछि प्रधानमन्त्रीले सम्बोधन गर्न पाएनन्।

बैठक बुधवारसम्मका लागि स्थगित भयो।

ओलीको प्रतिक्रिया

बैठक स्थगित भएपछि प्रधानमन्त्री ओलीले आफ्नो व्यक्तिगत ट्वीटर ह्यान्डिलबाट ट्विट गर्दै काङ्ग्रेसको कदमबाट आफू दु:खी भएको बताए।

उनले ट्विटरमा लेखे, “मैले हालैको युरोप भ्रमण र गुठी विधेयकलगायतका समसामयिक विषयहरूमा रहेको जनचासोका सन्दर्भमा सम्मानित सदनलाई आज जानकारी गराउनु पाइँन… म दु:खी भएको छु।”

उनको ट्विटको कतिपयले समर्थनमा र कतिपयले विरोधमा टिप्पणीहरू गरेका छन्।

केहीले व्यङ्ग्यात्मक टिप्पणी समेत गरेका छन्।

सुफल काफ्लेले व्यङ्ग्य गर्दै लेखेका छन्, “प्रमज्यू सभामुखलाई महाअभियोग लगाउनुस्। ‘मुर्ख’ काङ्ग्रेसले रोस्ट्रम घेराउ गर्छ भन्ने जान्दै तपाईंलाई रोस्ट्रममा पुर्‍याउने हो?”

जगत बशिष्ठ नामक ट्विटर प्रयोगकर्ताले चाहिँ ओलीको समर्थन गर्दै लेखेका छन्।

अनिल गिरीले चाहिँ प्रधानमन्त्री र उनको पार्टीलाई लक्षित गर्दै ट्विटरमा सत्तापक्ष दललाई इतिहास सम्झाउदै प्रश्न गरेका छन्।

विश्वदीपले भने दुवै पार्टीको गल्ती भएको लेखेका छन्।

सरला गौतमले भने प्रधानमन्त्रीले बोल्न नपाउनु राम्रो नभएको लेखेकी छन्।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले चाहिँ संसद्को ‘अमूल्य समय र स्रोत’ खेर नफाल्न आग्रह गरेका छन्।

प्रधानमन्त्री ओली निकटहरूले चाहिँ संसदको घटनालाई असंसदीय र अमर्यादित भन्दै ट्विट गरेका छन्।

प्रधानमन्त्रीमा मुख्य सल्लाहरकार विष्णु रिमालले लेखेका छन्, “संसद्‍मा प्रधानमन्त्रीले बोल्न नपाउने? उठेका वा उठाइएका मुद्दाहरू बारेमा संसदलाई स्पष्ट पार्न नपाउने? नेकाले संसद्‍मा आज जे गर्‍यो त्यो हाम्रो संसदीय लोकतन्त्रलाई क्षति पुर्‍याउने अर्यादित, अशोभनीय र गैरजिम्मेवार व्यवहार हैन?”

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले रिमालकै ट्विटमा प्रतिक्रिया दिँदै “काङ्ग्रेसले लोकतन्त्र, बहुलवाद र संसदीय मर्यादा नै भुल्यो,” लेखेका छन्।

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चाहिँ प्रधानमन्त्रीको आधिकारिक ट्विटर ह्यान्डललाई मेन्सन गर्दै सभामुखलाई प्रश्न गरेका छन्।

ट्विटरमै शर्माको उक्त भनाइलाई प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाँइले प्रतिवाद गरेका छन्।

उनी लेख्छन्, “ओहो प्रवक्ता ज्यू! यो प्रश्नोत्तर होइन है, भ्रम नबाँडौँ। प्रमको विदेश भ्रमणबारे प्रमले नै ब्रिफिङ राख्ने हो। विपक्षी दललको नेताले होइन। प्रश्नोत्तर ब्रिफिङ पछि हुन्छ। कि विपक्षमा काङ्ग्रेस भएपछि नियम उल्टिन्छ।”

सम्बन्धित खवर

मन्त्री पण्डितले भने – कर्मचारी प्रशासन सुधार्न हर सम्भव कदम चाल्न तयार छौँ
राजनीति
shares5 views
राजनीति
shares5 views

मन्त्री पण्डितले भने – कर्मचारी प्रशासन सुधार्न हर सम्भव कदम चाल्न तयार छौँ

Himalpost Desk - २०७६, ३ श्रावण १४:०२

हिमालपोस्ट/काठमाडौँ- कर्मचारी प्रशासनलाई सुधार गरेर जनमुखी र परिणाममुखी बनाउन सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको सङ्घीय मामिला तथा सामान्य…

बम विस्फोट : राम बहादुरलाई सहिद घोषणा गर्दै विप्लवले निकाल्यो यस्तो विज्ञप्ति
समाचार
shares5 views
समाचार
shares5 views

बम विस्फोट : राम बहादुरलाई सहिद घोषणा गर्दै विप्लवले निकाल्यो यस्तो विज्ञप्ति

विशाल पाण्डेय - २०७६, ३ श्रावण १३:५८

कैलाली । नेपाल कम्युनिष्ट पार्टीले बिहिबार साझ कैलालीको धनगढीमा भएको बम विस्फोटमा परी ज्यान गुमाउने राम बहादुर सिंह ‘राजेश’लाई शहिद…

अमलेखगन्जमा भारतबाट पाइपलाइन हुँदै तेल आयो
समाचार
shares7 views
समाचार
shares7 views

अमलेखगन्जमा भारतबाट पाइपलाइन हुँदै तेल आयो

Himalpost Desk - २०७६, ३ श्रावण १३:३१

हिमालपोस्ट/काठमाडौँ भारतबाट पाइपलाइनमा बग्दै पहिलो पटक डिजेल अमलेखगन्जमा आइपुगेको छ। पेट्रोलियम पाइपलाइन आयोजनाका इन्जिनियर सरद पौडेलले शुक्रबार बिहान ९ बजे…