रुकुममा माओवादी केन्द्रको विजय सुरुवात
मंसिर २२,रुकुम पूर्व ।। हिजो साँझबाट सुरु भएको रुकुम पुर्वको मतगनणाको प्रतिनिधिसभाको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसअनुसार संयुक्त बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी कमला रोका विजयी भएकी छिन् ।
प्रतिनिधिसभा सदस्यमा एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभा सदस्यमा विजयी कमला रोकाले कुल १० हजार ४ हजार ३४ मत ल्याएकी छिन् भने उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार हरिशंकर घर्तीले ४ हजार ४ सय ६ मत प्राप्त गरेका छन् ।
कुल मतदाता २७ हजार ९ सय २८ रहेको रुकुम पुर्वमा रोकाले ६ हजार २८ मतको फराकिलो अन्तरमा कांग्रेस उम्मेदवारलाई पराजित गरेपछि अहिले सदरमुकाम रुकुमकोटमा वाम गठबन्धनका कार्यकर्ताहरुमा उत्साह छाएको छ ।
यस बाहेक प्रदेश सभा सदस्य क र ख मा पनि यतिबेला मतगणना जारी राहेको छ । प्रदेश सभा सदस्यमा पनि दुबै निर्वाचजन क्षेत्रमा वाम गठबन्धनकै उम्मेदवारल अग्रता कायम गरिहेका छन् । छिटो छिटो मतपरिणाम आइरहेको रुकुम पूर्वको अतगणना पनि आजै सम्पन्न हुने सम्भावना देखिएको छ ।