आइपिएल- राजस्थान रोयल्सको रोमान्चक जित - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

आइपिएल- राजस्थान रोयल्सको रोमान्चक जित



काठमाडौं- इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सलाई पराजित गर्दै राजस्थान रोयल्स विजयी भएको छ। अहमदाबादमा गएराति भएको खेलमा राजस्थानले गुजरातलाई तीन विकेटले पराजित गरेको हो।

गुजरातले दिएको १ सय ७८ रनको लक्ष्य राजस्थानले १९ ओभर २ बलमा ७ विकेट गुमाएर भेटायो। राजस्थानका लागि कप्तान सञ्जु सामसन र शिमरन हिटमायरले अर्धशतकीय पारी खेले। सामसनले ६० रन बनाए भने हिटमायरले ५६ रन बनाए। यस्तै, देवदत्त पडिकलले २६, ध्रुव जुरेले १८ रन बनाए।

गुजरातका लागि मोहम्मद सामीले ३ विकेट लिए भने राशिद खानले २ तथा हार्दिक पान्डे र नुर अहमदले १/१ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन बनायो।

गुजरातका लागि डेबिड मिलरले सर्वाधिक ४६ रन बनाए। शुभमन गिलले ४५, कप्तान हार्दिक पान्डेले २८, अभिनव मनोहरले २७ र साइ सुदर्शनले २० रन बनाए। राजस्थानका लागि सन्दीप शर्माले दुई विकेट लिए भने ट्रेन्ट बोल्ड, एडम जाम्पा र युजभेन्द्र चहलले १/१ विकेट लिए।

जितसँगै राजस्थान ८ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा कायमै छ। गुजरात भने ६ अङ्कका साथ तेस्रो स्थानमा छ।

यसअघि हिजोको पहिलो खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई ५ विकेटले हराएको थियो।