राप्रपाका बिक्रम पाण्डेको सांसद पद धरापमा - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

राप्रपाका बिक्रम पाण्डेको सांसद पद धरापमा



काठमाडौं । राप्रपाका सांसद बिक्रम पाण्डेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा सर्वाेच्चमा पुनरावलोकन गरेको छ । सिक्टा सिंचाई भ्रष्टाचार प्रकरणमा मुद्दा पुनरावलोकन भएको हो ।

सो मुद्दामा उनी लगायत सबैलाई बिशेष अदालतले सफाई दिएको हो । भ्रष्टाचार भएको पर्याप्त प्रमाणलाई नजरअन्दाज गरी सफाइ दिइएको भन्दै अख्तियार सर्वोच्च पुगेको हो ।

सिक्टा सिचाईमा दुई अर्ब १३ करोड ७६ लाख भ्रष्टाचार भएको दाबीसहित बिशेष अदालतमा मुद्दा परेकोमा गत ५ असारमा सफाइ दिएको हो ।

मुद्दामा सफाइ पाएपछि उनी गत मंसिरको चुनाव लड्न पाएका थिए । चितवन ३ बाट विजयी समेत भए । सर्वाेच्चमा मुद्दा गएपछि उनको पद के हुन्छ भन्ने अन्योल देखिएको छ ।