राप्रपालाई गठबन्धनबाट हटाउन दवाव - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

राप्रपालाई गठबन्धनबाट हटाउन दवाव



पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले सत्ताका लागि गठबन्धन गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई महत्व दिन नहुने बताएका छन् ।

उनले सरकारको अंकगणितका निम्ति संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी शक्तिसँग घाँटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्न सक्ने चेतावनीसमेत दिएका छन् ।

गठबन्धन गर्दा लक्ष्मण रेखा पालना नगरिए ठूलो दीर्घकालीन क्षति हुन सक्ने भन्दै भट्टराईले सजग गराएका छन् । उनले २०५१ सालपछि कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दाको दुष्परिणाम नबिर्सन आग्रह पनि गरेका छन् ।

राप्रपाले वर्तमान सरकारमा जान विभिन्न सर्तहरू राखेको छ । उसका सर्तहरू पूरा गरेर भए पनि सरकारमा सहभागी गराउने प्रयास एमाले र माओवादीले गरिरहेका छन् ।

कांग्रेसले गठबन्धनबाट अलग भएर आए राप्रपालाई प्रधानमन्त्रीकाे अफर गरेको समाचार पनि बाहिरएका बेला बाबुरामको यस्तो टिप्पणी आएको हो । राप्रपा संसद‌्‌काे चाैथाे ठूलाे शक्ति हाे ।