मेरो सपना समाप्त भयो- क्रिस्टियानो रोनाल्डो - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

मेरो सपना समाप्त भयो- क्रिस्टियानो रोनाल्डो



पोर्चुगलको राष्ट्रिय टोलीको भाग्य लगभग दुई दशकदेखि क्रिस्टियानो रोनाल्डोसँग जोडिएको छ।

शनिबार विश्वकपको क्वाटरफाइनलमा पोर्चुगल मोरक्कोसँग १-० ले पराजित भएपछि लकर रुममा पुग्दा रोनाल्डोको आँसु आयो।

विश्वले रोनाल्डोलाई फुटबलको अन्तर्राष्ट्रिय मञ्चमा अन्तिम पटक देखेको हो कि भनेर हेर्न बाँकी छ। यदि यो हो भने, यो पोर्चुगल टोलीको लागि ठूलो क्षण हो, किनभने रोनाल्डो यसको कप्तान, रेकर्ड स्कोरर र सबैभन्दा महान खेलाडी हुन्।

क्रिस्टियानो रोनाल्डोले आइतबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफ्नो विश्वकप जित्ने सपनाको अन्त्य भएको बताए। उनले आफ्नो करिअरको सबभन्दा ठूलो र महत्वाकांक्षी सपना पोर्चुगलका लागि विश्वकप जित्ने रहेता पनि त्यो सपनाको अपुरै रहेको उनले बताए।

उनले लेखेका छन्: ‘पोर्चुगलका लागि विश्वकप जित्नु मेरो करियरको सबैभन्दा ठूलो र महत्वाकांक्षी सपना थियो। सौभाग्यवश मैले पोर्चुगललगायत अन्तर्राष्ट्रिय आयामका धेरै उपाधि जितें, तर आफ्नो देशको नाम विश्वको सबैभन्दा ठूलो स्थानमा राख्नु मेरो सबैभन्दा ठूलो सपना थियो।

त्यसका लागि लडेको छु। मैले यो सपनाको लागि कडा संघर्ष गरें। तर दुःखको कुरा हिजो यो सपना समाप्त भयो। पोर्चुगलप्रतिको मेरो समर्पण एक क्षणको लागि पनि परिवर्तन भएको छैन। म सँधै सबैको उद्देश्यका लागि लडिरहेको थिएँ र म मेरा सहकर्मी र मेरो देशबाट कहिल्यै पछाडि फर्कने छैन। अहिलेको लागि धेरै भन्नु छैन। धन्यवाद पोर्चुगल।’