रोल्पामा ५ दिन किन बस्दैछन् रवि लामिछाने ? - Himal Post Himal Post
  • १३ मंसिर २०८०, बुधबार
  •      Wed Nov 29 2023
Logo

रोल्पामा ५ दिन किन बस्दैछन् रवि लामिछाने ?



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जन आवाज सुन्न गाउँघर जाने भएको छ। उक्त अभियानका क्रममा पार्टी सभापति रवि लामिछाने राेल्पा खटिने भएका छन्।

माओवादीले १० वर्षे जनयुद्ध रोल्पाबाटै थालनी गरेको हो। उनीहरूले बनाएको जनमुक्ति सेनाले रोल्पालाई आधार इलाकाको रुपमा लिँदै आएको छ।

रास्वपाको दस्तावेज निर्माण प्रक्रिया अन्तर्गत प्रथम चरणको जन आवाज सुन्न रास्वपाका नेताहरू देशका विभिन्न गाउँघर जाने कार्यक्रम तय भएको पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

उनका अनुसार बुधबार (असोज ३) गतेदेखि असोज ७ गतेसम्मका लागि नेताहरू गाउँघर जाने कार्यक्रम तय भएको हो। सभापति लामिछाने मंगलबार नै रोल्पा पुगिसकेका छन्। उनलाई फोनमार्फत स्वागत गर्दै रोल्पाकी एमाले सांसद ईश्वरी जीएमले भ्रमण सफलताको शुभकामना दिएकी छिन्।

‘रोल्पाको ५ दिने भ्रमणमा आउनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पुर्व गृहमन्त्रीर प्रतिनिधिसभा सदस्य माननीय रवि लामिछाने ज्युलाई टेलिफोन मार्फत स्वागत गर्दै भ्रमण सफलताको शुभकामना दिएकी छु,’ उनले भनेकी छिन्, ‘उहाँको भ्रमणबाट रोल्पा, रोल्पाली, जिल्ला स्थित राजनीतिक दल, जनप्रतिनिधि, सबै–सबैलाई सकारात्मक सुझाव सहितको सन्देश र महत्वपूर्ण निचोड प्राप्त हुनेछ भन्ने विश्वाश सहित पुनः हार्दिक स्वागत गर्दछु।’

त्यस्तै, पार्टी उपसभापति डिपि अर्याल पर्सा र महामन्त्री डा. मुकुल ढकाल कालिकोटमा खटिने भएका छन्।

अन्य नेताहरू विराजभक्त श्रेष्ठ–बैतडी, सुमना श्रेष्ठ–कैलाली, शिशिर खनाल–रसुवा, मनिस झा–पर्वत, गणेश पराजुली–ओखलढुंगा, रमेश प्रसाई–सुर्खेत, सन्तोष परियार–कपिलवस्तु, विपिन आचार्य–संखुवासभा, डा. तोसिमा कार्की–डोटी, हरि ढकाल– सोलुखुम्बु, क मल सुबेदी–रौतहट, कविन्द्र बुर्लाकोटी–कञ्चनपुर, डा. स्वर्णिम वाग्ले– तनहुँ, गणेश कार्की–सिन्धुपाल्चोक, क्रान्तिशिखा धिताल–खोटाङ, शंकर श्रेष्ठ–इलाम खटिने भएका छन्।