तेन्दुलकरलाई पछाडी पार्दै रोहितले बनाए इतिहास, अर्को नयाँ किर्तिमान
काठमाडौं । भारतीय क्रिकेटर रोहित शर्माले सचिन तेन्दुलकरलाई पछाडी पार्दै अर्को किर्तिमान बनेका छन्। पछिल्लो समय एक पछी अर्को गर्दै नयाँ नयाँ किर्तिमान हातपारेका शर्माले बुधबार पनि यस्तै केहि किर्तिमान बनाए ।
बुधबार वेष्ट इन्डिजविरुद्ध बुधबार भएको दोस्रो एक दिवसीयमा १५९ रन बनाएर केही कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । उनले १३८ बलमा ५ छक्का र १७ चौकाको मद्धतले उक्त योगफल बनाएका हुन् ।
करियरको एक दिवसीयमा २८ औं सतक बनाएका रोहितले लोकेश राहुलसंग मिलेर पहिलो विकेटका लागि २२७ रनको साझेदारी गरेका छन् । यसअघि वेष्ट इन्डिजविरुद्ध वीरेन्द्र सेहबाग र सौरव गांगुलीले १७ वर्षअघि सन् २००२ मा राजकोटमा १९६ रनको साझेदारी गरेका थिए ।
रोहित १५९ रन बनाएर १५० प्लस रन आठौं पटक बनाएर शीर्ष स्थानमा रहेका छन् । डेभिड वार्नरका नाममा ६ र सचिन तेन्दुलकरका नाममा ५ त्यस्ता १५० प्लस रन छन् ।
त्यस्तै रोहित एक क्यालेन्डर वर्षमा ७ सतक बनाउने चौथो ब्याट्सम्यान बनेका छन् । उनले सन् २०१९ मा ७ सतक बनाइसकेका छन् ।
तेन्दुलकरले १९९८ मा ९ सतक बनाएका थिए । रोहितसंगै सौरभ गांगुली र डेभिड वार्नरका पनि ७ सतक छन् । रोहितले तेस्रो एक दिवसीय वेष्ट इन्डिज विरुद्ध खेल्न बाँकी नै छ ।
रोहित एकै वर्ष सबैभन्दा बढी रन बनाउने खेलाडी बनेका छन् । उनले सन् २०१९ मा अहिलेसम्म २७ खेलमा १४२७ रन बनाएका छन् ।
रोहितले ५७.०८ को औसतमा रन जोडेका छन् । वेष्ट इन्डिजका साइ होप १२९८ रनबाट दोस्रो तथा विराट कोहली १२९२ रनसहित तेस्रो स्थानमा छन् ।
दोस्रो खेलमा भारत १०७ रनले विजयी भयो । भारतले ३८७ रन बनाएकामा वेष्ट इन्डिजले २८० रन बनाएको थियो ।