“रित्तो झोला” दसैँ विशेष गीत सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

“रित्तो झोला” दसैँ विशेष गीत सार्वजनिक (भिडियो सहित)



तीज सकिए लगत्तै नेपाली गीत सङ्गीतको बजारमा दसैँ विशेष गीत सार्वजनिक हुन थालिसकेका छन् यसै क्रममा हालै मात्र सामाजिक संझालमा निकै चर्चामा रहेको दसैँ विशेष गीत “रित्तो झोला” सार्वजनिक भएको छ ।

चर्चित गायक, गायिका पशुपति शर्मा र विष्णु माझीको आवाज रहेको गीतमा अहिलेका निकै रुचाईएका युवा सङ्गीतकार रामु खड्काको उत्कृष्ट लय तथा दीपक पाण्डे र छबिलाल गौतमको मार्मिक शब्दमा रहेको छ ।

गीतको म्युजिक भिडियोमा विमल अधिकारी र रञ्जिता गुरुंङको मन छुने अभिनय देख्न सकिन्छ । यस्तै कपिल लामाको निर्देशनमा रहेको भिडियोलाई राजेश घिमिरे र हरिस महरा ले छायाङ्कन गरेका छन् भने अमर शाक्यको सम्पादन रहेको छ ।

रित्तो झोला भावना म्युजिक प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।

भिडियो हेर्नुहोस् ।