ऋचा शर्मा र अर्पण थापा एडीलेड आउदै - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

ऋचा शर्मा र अर्पण थापा एडीलेड आउदै



एडीलेड

नेपाली चलचित्र “आधा लभ”को प्रिमियरको लागि नायिका ऋचा शर्मा र अभिनेता अर्पण थापा एडीलेड आउने भएका छन् । नमस्ते नमस्ते इभेन्ट्सको आयोजनामा यहि जुलाई २ तारिकको दिन एडीलेडको मर्करी सिनेमा हलमा आयोजना हुन लागेको प्रिमियर सोको लागि कलाकारहरु एडीलेड आउने नमस्ते नमस्तेका प्रदिप रानाभाटले बताए। बेलुका ६ बजे देखि हुने  प्रिमियर कार्यक्रममा दर्शकसंग कलाकारहरुले अन्तरक्रिया समेत गर्ने उनले बताए  ।

ऋचा शर्माको निर्माण र अर्पण थापाले निर्देशन रहेको यस चलचित्रमा मिथिला शर्मा, टिका पहारी, अर्पण थापा, रोजिशा शाही, रेमनदास श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । विभिन्न उमेर र फरक सोच राख्ने मानिसहरुविच हुने प्रेमको कथालाई यो चलचित्रमा उठान गरिएको चलचित्र निर्माण युनिटीले बताएको छ।

बाह्रखरीको एक अन्तरबार्तामा अर्पणले आधा लभ चलचित्रमा समाजको समसामयिक विषयवस्तु समेटिएको बताएका छन् । समाजका धेरैजसो विषयलाई समावेश गर्ने प्रयास गरेको उनको भनाई छ -” मनोरञ्जन मात्रै नभएर यो समाजको कथा पनि हो । जसले समाजभित्र भइरहेको सानासाना पाटोलाई देखाउने प्रयास गरेको छ । ‘आधा लभ’ मा समाजको यथार्थ विषयलाई केन्द्रमा राखिएको छ । एकै शब्दमा भन्ने हो भने ‘आधा लभ’ लाई ‘लाइफ’ भन्छु म । किनभने जन्मदेखि मृत्युसम्म भइरहेका कुरालाई लिएर बनाइएको चलचित्र हो । जिन्दगीको पाटो हो भन्न मिल्छ ।”

उनले बिषयबस्तुको बारेमा थप्दै भनेका छन् ” आधा भनेर सिङ्गोको आधा भन्ने अर्थमा भन्न खोजिएको होइन । अपूरोपन भन्न खोजिएको हो । सिनेमा हेर्दा पनि थाहा हुन्छ । एकअर्कालाई माया गर्छन् तर पनि समय, परिस्थितिका कारण एकअर्कादेखि टाढै रहन्छन् । बुझाइमा कमजोरी छ । त्यसका कारण माया सुन्दर रुपले सफल हुन सक्तैन जिन्दगीमा । यो हरेक व्यक्तिको कुनै न कुनै पाटोमा परि नै रहेको हुन्छ । त्यही पक्षलाई आधार बनाएर चलचित्रको नाम तय भएको हो ।”चलचित्र ‘आधा लभ’ मा ऋचा राधा पात्रका रुपमा प्रस्तुत भएकी छन्। कस्तो छ त राधाको पात्र त्यो हेर्न भने तपाईले जुलाई २ तारिक कुर्नु पर्ने हुन्छ !