सत्तापक्षका ठूला नेताहरू कारागार जाँदै रेशम चौधरीलाई बिन्ती गर्दै - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

सत्तापक्षका ठूला नेताहरू कारागार जाँदै रेशम चौधरीलाई बिन्ती गर्दै



काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई फकाउन गठबन्धनका शीर्ष नेता डिल्लीबजार कारागार पुगेका छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले डिल्लीबजार कारागार पुगेर चौधरीलाई पालैपालो भेटेका हुन्।

दाहालले सोमबार अपराह्न, नेपालले मंगलबार बिहान र भट्टराईले दिउँसो चौधरीसँग भेटेर कुरा गरेको बताइएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवालेसमेत निकट सूत्रमार्फत चौधरीसँग वार्ता प्रक्रिया अघि बढाएका छन्। गठबन्धन आवद्ध नेताहरूले उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउन पहल गरिरहेको बताइएको छ।

उन्मुक्ति पार्टीले चौधरीको रिहाइ गर्नुपर्ने पहिलो सर्त राख्दै आएको छ। पार्टी अध्यक्ष एवं कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रञ्जिता श्रेष्ठले सरकारमा जानेबारे अहिले नै टुंगोमा पुग्न नसकिएको बताएकी छन्।