रेडक्रस दिवसमा असहायलाई भोजन तथा खाद्यान्न वितरण - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

रेडक्रस दिवसमा असहायलाई भोजन तथा खाद्यान्न वितरण



कैलाली – नेपाल रेडक्रस सोसाइटीको ५८औं स्थापना दिवसका अवसरमा सहारा घर बौनियामा रहेका बेसाहराहरुलाई भोजन तथा गैर खाद्य सामग्री वितरण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीले नेपाल रेडक्रसको ५८औं स्थापना दिवसका अवसरमा बर्दगोरिया गाउँपालिका -२ मा रहेको असहायहरुका लागि सहयोगी हातहरु नेपालद्वारा सञ्चालित सहारा घरमा रहेका बेसहाराहरुलाई एकछाक भोजन सहयोग गर्नुका साथै सहारा घरका लागि आवश्यक पर्ने विभिन्न सामग्रीहरु वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीका सभापति रंगप्रसाद तिमिल्सैनाले जानकारी दिए ।

उपशाखाले उक्त अवसरमा सहारा घरमा बस्दै आएका करिब ७५ जना बेसाहाराहरुलाई बेलुकाको भोजन सेवा सहयोग गर्नुका साथै सहारा घरका लागि १ थान त्रिपाल, ७ थान कम्बल, २ थान बाल्टीन, ३ थान टाबेल, एक सय थान सर्जिकल मास्क र केही पप्लिन कपडा समेत सहारा घरका संचालक बलबहादुर बिष्टलाई हस्तान्तरण गरेको हो ।

यस्तै दिवसकै अवसरमा नेपाल रेडक्रस सोसाइटी प्रतापपुर उपशाखाले बिपन्न गरिब परिवारलाई खाद्यान्न सामग्री वितरण गरेर मनाएको छ । उपशाखाले लम्कीचुहा नगरपालिका वडा नम्बर ७ र ९ का ५ बिपन्न परिवारलाई प्रती परिवार लाई २० केजि चामल, १ केजि दाल, १केजि नुन, १पोका खाने तेल, २ चक्की साबुन वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी प्रतापपुर उपशाखाका सभापति खडक चौधरीले जानकारी दिए ।