भीम रावललाई बालेनको जवाफ- तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

भीम रावललाई बालेनको जवाफ- तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन



काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अमेरिकी रादूतसँग भेट गर्दा परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएको स्पष्ट पारेका छन्।

नेकपा (एमाले) का नेता भीम रावलले मेयर बालेन्द्रको अमेरिकी राजदूत डिन थम्पसनसँग गरेको भेटबारे प्रश्न उठाएपछि उनले यस्तो स्पष्टीकरण दिएका हुन्।

रावलले अमेरिकी राजदूतसँग बालेन्द्रले परराष्ट्रको स्वीकृति लिए÷नलिएको र सिधै सहयोग मागे/नमागेकोबारे प्रश्न उठाएका थिए।

त्यसको जवाफ दिँदै शाहले परराष्ट्रसँग स्वीकृति लिएको र अमेरिकासँग कुनै सहयोग नमागेको बरु अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर वा पाटी पौवा बनाइदिन सहयोग गर्ने जवाफ दिएको स्पष्ट पारेका छन्।

‘अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं’ उनले भनेका छन् ।

‘हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन। उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ। र थप एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ।’